Tuesday, August 22, 2017

चार सर्तसहित फोरम लोकतान्त्रिक संविधानसभामा फर्कने

प्रकाशित मिति: 2015/09/16

काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले संविधान निर्माणमा सहभागी हुन चारबुँदे सर्त राखेको छ ।संविधानसभामा नयाँ संविधानको विधेयकमाथि मतदान भइरेका बेला प्रमुख तीन दल विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई संविधान निर्माणमा सहभागी गराउन प्रयासरत छन् ।

प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले फोरम लोकतान्त्रिकका नेताहरुसँग फोनमा वार्ता गरेका छन् । शीर्ष नेताहरुसँगको कुराकानीका क्रममा फोरम लोकतान्त्रिकले संविधान निर्माणमा सहभागी हुन तयार रहेको तर, आफ्ना चारबुँदे सर्त पुरा हुनुपर्ने बताएको छ ।फोरम लोकतान्त्रिक नेताका अनुसार सीमांकन फेरबदल गर्नुपर्ने, समानुपातिक समावेशी सुनिश्चित गर्नुपर्ने, निर्वाचन क्षेत्र निर्धारण सम्वन्धी अन्तरिम संविधानमा भएको व्यवस्थालाई निरन्तरता दिनुपर्ने र प्रदेशमा कामकाजको भाषा स्थानीय भाषा राख्न पाउने व्यवस्था गर्नुपर्ने सर्त राखिएको छ ।

 

तपाईंको बिचार