Tuesday, September 17, 2019

प्रदेश ५ का प्रदेशसभा सदस्य वलीको मृत्यु

प्रकाशित मिति: 2019/02/22

काठमाडौँ । प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएको छ ।

शुक्रबार बिहान ३ बजे दुर्घटनामा घाइते वलीको  उपचारका क्रममा निधन भएको हो ।

गत माघ २३ गते लमही–घोराही सडक खण्डको चिसापानीमा सवारी दुर्घटनामा परी वली गम्भीर घाइते वलीलाई उपचारका लागि मेडिसिटी अस्पतालमा राखिएको थियो ।
 
उनी तत्कालीन एमालेको तर्फबाट दाङ क्षेत्र नं ३ ९ ख ० बाट प्रदेशसभामा निर्वाचित भएका थिए । वली दंगीशरण गाउपालिकाको श्रीगाउँका स्थायी बासिन्दा हुन् ।

तपाईंको बिचार