Wednesday, November 22, 2017

एकीकृत माओवादीद्वारा दुई नेताको सम्झना

प्रकाशित मिति: 2015/09/16

काठमाडौं / एकीकृत माअ‍ोवादी मुख्यालयमा दुई कार्यक्रमकाबीच दुई पार्टी नेताको श्रद्धाञ्जली । पहिलो कार्यक्रम दिवंगत नेता पोष्टबहादुर बोगटीको प्रथम बार्षिक स्मृति सभाको थियो भने दोस्रो कार्यक्रम एकीकृत माओवादीका पूर्व केन्द्रीय सदस्य तथा अन्तराष्ट्रिय विभाग सदस्य मुक्ति खनालको निधनको श्रद्धान्जली कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बार–बार उनको अभाव खड्किने गरेको बताए । बुधवार पार्टी हेडक्वार्टर पेरिसडाँडामा स्वर्गीय बोगटीप्रति श्रद्धान्जली ब्यक्त गर्दै प्रचण्डले विचार भावना र आचरणको कारण बोगटी सँधै अमर रहने बताए । उनले भने, ‘पार्टीको आन्तरिक जीवनमा उँहाले खेलेको भुमिका अझै राम्रोसित स्थापित हुनसकेको छैन ।’
पार्टी नेतृत्वमा रहेकाले गल्ती कमजोरी गरेमा प्रस्ट भनेर सच्याउन प्रेरित गर्ने खुवि भएको नेता गुमाउनुपर्दा पार्टी जीवनमा ठुलो क्षति पुगेको उल्लेख गर्दै प्रचण्डले भने, ‘हाम्रा कमजोरी प्रस्ट भन्न सक्ने ब्यक्तित्वको अभाव खड्कियो, पार्टिमा आजभोली उँहा जस्ता मान्छे थोरै मात्र भेटिन्छन् ।’
‘मुलुक चुनौतिपुर्ण र अवसरयुक्त मोडमा रहेको छ । हामीले ०५७ को दोस्रो राष्ट्रिय सम्मेलनबाट पारीत गरेको संविधानसभामार्फत संविधान बनाउने निर्णय गरेपछी धेरै नेपाली छोराछोरीले बलिदान गरेका थिए ।’ उनले भने, ‘त्यसैले संविधानसभा हामी माओवादीहरुको मिशन थियो, त्यतिवेलाको मिशन अहिले पुरा हुँदैछ ।’

त्यसैक्रममा एमाओवादी महासचिव कृष्ण बहादुर महराको नेतृत्वमा ‘पोष्ट बहादुर बोगटी प्रतिष्ठान’ गठन गरेर काम अगाडी बढाएको बताइएको छ । ०७१ भदौमा मष्तिष्कघातका कारण नेता बोगटीको निधन भएको थियो ।
पर्यटन र उर्जा मन्त्री भएर भुमिका निर्वाह गरेका बोगटी पार्टीभित्र र बाहिर समेत इमान्दार छवीका नेता मानिन्थे । बोगटीको पहिलो बार्षिक स्मुति सभामा उनलाई श्रद्धान्जील दिन एमाओवादीक बरिष्ठ नेता डा. बावुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्ण बहादुर महरा लगायत थुप्प्रै नेता कार्यकर्ता कोटेश्वर पुगेका थिए ।

तपाईंको बिचार