Thursday, July 18, 2019

टुँडिखेलमा श्रद्धान्जलीका कार्यक्रमः शुभेच्छुक र नेकपा कार्यकर्ताको वाक्लो उपस्थिति

प्रकाशित मिति: 2019/02/28

काठमाडौं । बुधबार हेलिकोप्टर दुर्घटनामा परि निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको टिचिङ अस्पतालमा पोस्टमार्टम भइरहेको छ ।

पोस्टमार्टम सकिएसँगै मन्त्री अधिकारी सहितका सात जनाको शव श्रद्धान्जलीका लागि टुँडिखेलमा राखिने भएको छ ।

शव टुँडिखेलमा राखिनेभएपछि मृतका आफन्त, शुभेच्छुक, शुभचिन्तक नेकपाका नेता कार्यकर्ता टुँडिखेलमा भेला भएका छन् ।

श्रद्धान्जलीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, मन्त्रीहरु र उच्चपदस्थ सरकारी अधिकारीहरु उपस्थित हुनेछन् ।

फूल र मालाले शव राख्ने स्थान सजाइएको छ । टुँडिखेलमै मन्त्री अधिकारीलाई राजकीय सम्मान दिने कार्यक्रम छ ।

मन्त्री अधिकारीको अन्त्येष्टि गृहजिल्ला पोखरामा भोलि (शुक्रवार) गरिने छ ।

दुर्घटनामा निधन भएका सात जनाको शव विहीवार (आज) ताप्लेजुङबाट काठमाडौं ल्याइएको हो ।

तपाईंको बिचार