Thursday, March 21, 2019

नेकपाको संयुक्त श्रद्धाञ्जली कार्यक्रम बिहीबार

प्रकाशित मिति: 2019/03/06

फागुन २२, काठमाडौं । नेताहरू भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको शोकमा बिहीबार राजधानीमा नेकपाले संयुक्त श्रद्धाञ्जली कार्यक्रम गर्ने भएको छ। पार्टी केन्द्रको आयोजनामा भृकुटीमण्डपमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने तयारी भएको स्थायी समिति सदस्य पम्फा भुसालले बताइन्।

पार्टी निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार संघका केन्द्रीय समिति सदस्यहरुलाई मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बोलाई भुसालले श्रद्धाञ्जलीसभाको तयारीका विषयमा जानकारी गराएकी हुन्। ‘ श्रद्धाञ्जली कार्यक्रमको तयारी भइरहेको छ। २३ गते दुवै दिवंगत नेताको सम्झनामा कार्यक्रम हुनेछ,’ भुसालले भनिन्।

सभालाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाललगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ। नेता रवीन्द्र अधिकारीको फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा र अर्का नेता भरतमोहन अधिकारीको फागुन १८ गते निधन भएको थियो।

तपाईंको बिचार