Tuesday, September 17, 2019

पर्यटनमन्त्री र पूर्वअर्थमन्त्रीका काम बिर्सनै नसक्नेः प्रधानमन्त्री ओली

प्रकाशित मिति: 2019/03/07

फागुन २३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले हेलिकोप्टर दुर्घटनामा ज्यान गएका सात जनासँगै दिवंगत अर्का नेता भरतमोहन अधिकारीको संयुक्त रुपमा श्रद्धाञ्जली सभा बिहिबार सम्पन्न गरेका छन्।

श्रद्धाञ्जली सभामा प्रधानमन्त्री ओलीले निधन भएका पर्यटनमन्त्री र पूर्वअर्थमन्त्री असाधारण व्यक्ति भएको स्मरण गरेका छन्।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले रवीन्द्र अधिकारीका कामलाई कसैले बिर्सनै नसक्ने बताएका हुन्।

‘संस्कति,नागरिक उड्ययन र पर्यटनको क्षेत्रमा एक वर्षमा गरेका काम असाधारण छन्,’ उनले थपे, ‘अहिलेको समय आलोचना र टिप्पणी गर्न रुचाउनेको समय छ। केही पनि भएन, हुँदै भएन भन्ने गरिएको छ। यो त मान्छेको बानी नै हो।’

पूर्वअर्थमन्त्री अधिकारीलाई जेलनेल भोगेको एक सच्चा नेता भएको अध्यक्ष ओलीले उल्लेख गरे।

आङ छिरिङ शेर्पाले छोटो समयमा पर्यटनको क्षेत्रमा असाधारण प्रगति गरेको स्मरण गरे। शेर्पाले आर्थिक क्षेत्रमा फैलाएको साम्रज्य नचाहिने कार्यबाट आर्जित नभएको प्रष्ट पारे।

ओलीले दिवंगत सुरक्षा निकाय र कर्मचारीको आफन्तको लागि आर्थिक सहायता तथा रोजगारीको व्यवस्था गर्ने वचन दिए।

अर्का अध्यक्ष प्रचण्डले पूर्वअर्थमन्त्री अधिकारी पार्टीको अभिभावकका रुपमा भएको स्मरण गरे।

पर्यटनमन्त्री अधिकारी युवा नेताको रुपमा गहिरो छाप छोडेर गएको उनको भनाइ थियो।

‘बाचुन्जेल राम्रै काम मात्रै गरेर विदा हुनु ठूलो कुरा रहेछ। समाज रुपान्तरणको लागि हरदम लागिरहने कार्य सामान्य मान्छेले गर्ने कार्य होइन रहेछ,’ उनले भने, ‘सरदर व्यक्तिभन्दा माथि उठेको नेताले मात्रै निष्ठाको राजनीति गर्न सक्छ।’

व्यक्तिको मृत्यु हुँदा रित्तै र नांगै जाने बिर्सेर व्यक्तिले नकारात्मक कामप्रति उद्धत हुने गरेको भन्दै सत्मार्गमा हिड्न आग्रह गरे।

‘नराम्रो काम गरे या त हिसाबै गर्दैनन्, गरे भने नकारात्मक गर्छन्,’ उनले भने, ुमृत्यु र जीवन कस्तो रोज्ने दुई नेता मृत्युपछि सोच्न प्रेरित गरेको छ।ु

गत बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको थियो।

नेकपाका नेता तथा पूर्व अर्थमन्त्रीको गत शनिबार उपचारका क्रममा निधन भएको थियो।

 

तपाईंको बिचार