Friday, September 20, 2019

सरकार र सिके राउतबीच ११ बुँदे सहमतिमा हस्ताक्षर

प्रकाशित मिति: 2019/03/08

फागुन २४,  काठमाडौँ । राष्ट्रिय सभा गृहमा आयोजित विशेष घोषणा सभा कार्यक्रममा आज सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ । दुई पक्षबीच ११ बुँदे सहमतिमा हस्ताक्षर भएको हो ।

सहमतिमा गठबन्धनका तर्फबाट सीके राउत र सरकारकातर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलले हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा सिके राउत स्वतन्त्र मधेसको पृथकवादी गतिविधि छाडेर मुलधारको राजनीतिमा फर्किने भएका छन् । त्यसैगरी सरकारले सिके राउतले गर्दै आएको गतिविधिलाई शान्तिपूर्णरुपमा सञ्चालनमा अवरोध नगर्ने सहमति गरेको छ ।

 

तपाईंको बिचार