Friday, September 20, 2019

विप्लव समूह लुटेरा समूहः प्रधानमन्त्री ओली

प्रकाशित मिति: 2019/03/08

फागुन २४, फागुन । शुक्रवार राष्ट्रिय सभागृहमा आयोजित राजनीतिक सहमति कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री केपी ओलीले नेकपा  ‘विप्लव समूहलाई ‘लुटेरा समुह’ को संज्ञा दिएका छन् ।

प्रधानमन्त्री ओलीले  ‘विप्लव’ नेतृत्वको नेकपाले चन्दामा नाममा लुट्दै हिँडेको आरोप लगाएका छन् ।

विप्लव समुह लुट्ने समुह हो, चन्दाका नाममा लुटेर हिँड्न, हत्या गर्दै हिँड्न र विष्फोट गराउन मिल्दैन’ ओलीले भने, ‘विष्फोट गराउने अनि कम्युनष्टि पार्टी नाम लिँदै हिँड्ने ? यस्तो काम बन्द गर्नुस् ।’

पछिल्लो समय विप्लवका कार्यकर्ताबाट बरामद भएको हतियार र पोष्टर समेत आफुले हेरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विप्लव समुहलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

तपाईंको बिचार