Tuesday, September 17, 2019

सीके राउतसँगको सहमतिमा शंका नगर्न प्रधानमन्त्री ओलीको आग्रह

प्रकाशित मिति: 2019/03/10

फागुन २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउतसँगको सहमतिमा शंका नगर्न आग्रह गर्नुभएको छ ।

पृथकतावादी मानिएका राउतसँग भएका सहमतिले शंका उब्जाएको भन्दै चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री ओलीले शंका नगर्न आग्रह गर्नुभएको हो ।

उहाँले अव मुलुकमा पृथकतावादी आन्दोलन समाप्त भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले सीके राउतलाई मूलधारको राजनीतिमा ल्याउन सरकार सफल भएको दाबी गर्नुभयो । राउत संविधान मानेर मूल धारको राजनीतिमा आउनुलाई केहीले शंकाले दृष्टिले हेरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि पनि व्यक्त गर्नु भयो ।

प्रधानमन्त्री ओलीले राउत मूलधारको राजनीतिमा आउँदा केही मान्छे छटपटाएको उल्लेख गर्नुभयो ।

तपाईंको बिचार