Wednesday, April 24, 2019

बिरामी पत्नी सीताको उपचारका लागि प्रचण्ड आज अमेरिका जाँदै

प्रकाशित मिति: 2019/03/17

३ चैत्र, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार साँझ अमेरिका प्रस्थान गर्दैछन्। लामो समयदेखि बिरामी रहेकी पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड र साथमा छोरी गंगा तथा सीताको हेरचाह गरिरहेकी एक नर्स पनि अमेरिका जाँदैछन्। पत्नीको उपचारका लागि प्रचण्ड अमेरिकामा १० दिन रहनेछन्।

प्रचण्डका सहयोगी विष्णू सापकोटाले सीता दाहाल, छोरी गंगा र सहयोगी नर्स साँझ ५ बजे अमेरिका जाने टुङ्गो भएको बताए।

प्रचण्ड पत्नी सीता लामो समयदेखि बिरामी छिन्। उनलाई यसअगि भारत, सिङ्गापुर लगायतका मुलुकमा धेरैपटक उपचार गराइसकिएको छ।

एकमात्र छोरा प्रकाशको डेढ बर्ष अगाडी हृदयघातका कारण मृत्यु भएपछि उनको बिमार झनै बढेको छ।

तपाईंको बिचार