Tuesday, August 22, 2017

सहमतिका लागि मधेशी दलसँग वार्ता जारी

प्रकाशित मिति: 2015/09/20

असोज ३, काठमाडौं / प्रमुख तीन दलका नेता र मधेशी मोर्चामा आवद्ध दलका नेतावीच वार्ता भइरहेको छ । सीमाङ्कनका विषयमा आयोग मार्फत हल गर्ने प्रमुख दलहरुको प्रतिबद्धता आएपछि वार्ता भएको हो ।
आन्दोलनमा रहेका तराई मधेस लोकतान्त्रिक पार्टीसँग तीन दलका शीर्ष नेताले बैठक गरेका हुन् ।

बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्ड सहभागि छन् । तमलोपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुरसहित केही सभासद् सहभागि रहेको बताइएको छ भने मधेसी दल मधेशी जनअधिकार फोरम लोकतान्त्रिकसँग तीन दलको सहमति नजिकप पुगेको बताइएको छ । यस विषयमा छलफल गर्न फोरम लोकतान्त्रिका अध्यक्ष बिजयकुमार गच्छदार आन्तरिक बैठकमा व्यस्त छन् । फोरम लोकतान्त्रिकको बैठक अहिले सिहंदरवारमा जारी छ ।

 

तपाईंको बिचार