Saturday, August 24, 2019

५ संवैधानिक आयोगका अध्यक्ष नियुक्त, शीतल निवासमा शपथग्रहण

प्रकाशित मिति: 2019/03/21

७ चैत्र, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ५ वटा स‌ंवैधानिक आयोगमा अध्यक्षहरुको नियुक्ति गर्नुभएको छ ।

आज (बिहीबार) राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्को सिफारिस भई आएका र संसदीय सुनुवाईबाट समेत पास भएका ५ जनालाई विभिन्न आयोगमा नियुक्त गर्नुभएको हो ।

यसअघि संसदीय सुनुवाइ समितिमा उजुरी परेर नागरिकता तथा योग्यताको विषयमा विवादित बनेका समिम मिया अन्सारी मुस्लिम आयोगका अध्यक्षमा नियक्त हुनुभएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल नियुक्त हुनुभएको छ । यसैगरी राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा। शान्तराज सुवेदी, मधेशी आयोगको अध्यक्षमा डा। विजयकुमार दत्त र थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी नियुक्त हुनुभएको छ ।

उहाँहरुको आजै शपथग्रहण गराइएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नवनियुक्त पाँचैजना अध्यक्षहरुले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।

तपाईंको बिचार