Tuesday, May 30, 2017  |    

प्रहरीले चलाएको गोली लागी विरगञ्जमा एक प्रदर्शनकारीको मृत्यु

प्रकाशित मिति: 2015/09/20

वीरगन्जमा प्रदर्शनकारी र प्रहरीविच भएको झडपमा परी एक आन्दोलनकारीको मृत्यु भएको छ । प्रहरीले चलाएको गोली लागेर अन्य चार प्रदर्शनकारी गम्भीर घाइते भएका छन् । 
वीरगन्जको माइस्थानस्थित गीता मन्दिर रोडमा उक्त झडप भएको थियो । प्रहरीले चलाएको गोली लागेर पर्सास्थित पाकाहा मैनपुर निवासी ३२ वर्षीय शत्रुधन पटेलको मृत्यु भएको हो । पटेलको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाईतेहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ । 
आईतबार जारी हुन लागेको नयाँ संविधानको विरोधमा मधेशी दलका नेता तथा कार्यकताृ प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले कफर््यू तोड्न खोज्दा झडप भएको थियो । प्रदर्शनकारीलाई लक्षित गरेर प्रहरीले दर्जनौ राउण्ड गोली र अश्रु ग्याँस प्रहार  गरेको छ । प्रर्दशनकारीहरुले पनि प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् ।

 

तपाईंको बिचार