Tuesday, December 12, 2017

मधेसलाई समेट्न शीर्ष नेताहरुको प्रयास

प्रकाशित मिति: 2015/09/22

तराईमा आन्दोलनरत्  मधेशी तथा थारुलगायतका असन्तुष्ट पक्षलाई समेट्ने प्रयासस्वरुप प्रमुख तीन दलका शीर्ष नेताहरुले आन्दोलनरत् पक्षसँग बार्ता प्रयास थालेका छन् । मंगलबार बिहानदेखि असन्तुष्ट पक्षको मुद्दालाई सम्बोधन गर्नका लागि बालुवटारमा मंगलबार तीन दलको बैठक बसेको छ । 
संविधान जारी भइसकेपछि संविधान संशोधन गरेर भए पनि असन्तुष्ट तथा आन्दोलनकारीका जायज मुद्दालाई सम्बोधन गर्नेसम्बन्धमा निर्णयक छलफल गर्न बालुवाटारमा बैठक बोलाइएको हो ।
भोलि प्रधानमन्त्री संयुक्त राष्टसंघीय महासभामा जाने भएकोले आज बेलुकासम्म एउटा निश्कर्षमा पुगेर असन्तुष्टलाई सन्देश दिने तयारीमा दलहरु छन् । तीन दलका नेताहरु मंगलबार बिहानदेखि विभिन्न तहमा छलफलमा जुटेका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहानै थारु सभासद्हरुसँग आफ्नै निवास लाजिम्पाटमा छलफल गरेका थिए । उनले मंगलबार अपरान्हसम्म सहमतिको कुनै सन्देश आउनसक्ने संकेत दिएका छन् । 

 

तपाईंको बिचार