Saturday, August 19, 2017  |    

नाकाबन्दीबारे तीन दलले औपचारिक धारणा सार्वजनिक गर्ने

प्रकाशित मिति: 2015/09/22

नेपालमा जारी भएको संविधानप्रति असन्तुष्ट भारतले व्यक्त गरेको प्रतिक्रिया तथा नाकाबन्दीको सम्बन्धमा प्रमुख तीन दलले औपचारिक धारणा सार्वजनिक गर्ने भएका छन् । नेकपा एमालेले संविधान जारी भएको उपलक्ष्यमा मंगलबार आयोजना गरको चियापान कार्यक्रमपछि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले साँझ तीन दलको बैठक बसेर सोका सम्बन्धमा औपचारिका धारणा सार्वजनिक गर्ने बताएका छन् । 
नयाँ संविधानमा असन्तुष्ट पक्षलाई नसमेटेको भन्दै भारतले असन्तुष्टी जनाउँदै आएको छ । मंगलबार विभिन्न नाकाबाट नेपाल प्रवेश गर्ने मालवाहक ट्रकलाई नेपाल प्रवेशमा रोक लगाएको समाचार सार्वजनिक भएपछि सो विषयमा प्रमुख तीन दलले औपचारिक धारणा सार्वजनिक गर्ने भएको हुन् । 

 

तपाईंको बिचार