Friday, September 22, 2017

तराईमा आन्दोलनरत् मोर्चाले आन्दोलन थप कडा पार्ने संकेत

प्रकाशित मिति: 2015/09/23

संयुक्त मधेशी लोकतान्त्रीक मोर्चाले विगत लामो समयदेखि चालु आन्दोलनलाई थप लम्ब्याउने निर्णय गरेको छ । सप्तरी सदरमुकाम राजविराजमा बसेको संयुक्त मधेशी लोकतान्त्रीक मोर्चाको बैठकले झण्डै देढ महिनादेखि जारी बन्दलाई यथावत राख्ने निर्णय गरेको छ । निकट स्रोतका अनुसार बैठकले आन्दोलनलाई अझ सशक्त पार्न आन्दोलनरत अन्य मोर्चाहरुसँग सहकार्य गर्ने निर्णाय गरेको छ ।
आन्दोलनलाई थप सशक्त बनाउनका लागि सदभावना, संघीय समाजवादी फोरम,  तमलोपा र तराई मधेश सदभावना पार्टीका शिर्ष नेतृत्व सम्मीलित कार्यदल गठन गरिएको सहभागी एक नेताले बताएका छन् । 
अबको आन्दोलन राजमार्ग र भन्सार केन्द्रीत रहने तथा स्कुल, पसललगायतलाई खुला राख्ने सम्बन्धमा लचक हुने निर्णय सो बैठकले गरेको बताइएको छ । 
बैठकमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष रेणुकुमारी यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सह–अध्यक्ष हृदयेश त्रिपाठी, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, बरिष्ठ उपाध्यक्ष नवलकिशोर साह, तराई मधेश सदभावना पार्टीका महेन्द्र राय यादव लगायतको सहभागिता रहेको मधेशी मोर्चा सप्तरीले जनाएको छ । 

 

तपाईंको बिचार