Saturday, March 25, 2017  |    

मोर्चाद्वारा बाबुराम भट्टराईलाई जनकपुर प्रवेशमा रोक

प्रकाशित मिति: 2015/09/24

गन्तव्य नेपाल न्यूज संवाददाता/काठमाडौँ 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई जनकपुर प्रवेशमा रोक लगाएको  छ । भट्टराईले मधेसमा चलिरहेको आन्दोलनलाई समर्थन गर्ने कार्यक्रम रहेको थाहा पाएपछि मोर्चाले उनको प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । शुक्रबार केही मधेशी नेतासहित भट्टराई जनकपुर आउने कार्यक्रम तय भएको छ । 
संविधानमा भट्टराईले सही गरेका कारण दोषी ठहर्याउँदै मोर्चाले जनकपुर प्रवेशमा रोक लगाउने निर्णय गरेको बताईएको  छ । 
भट्टराई पार्टी छोडेर आए मात्रै उनको जनकपुरमा स्वागत मोर्चाको भनाई छ । मधेशीको अधिकारको विरोध गर्ने तथा पार्टीमा पनि बस्ने र अर्कोतर्फ मधेश आन्दोलनलाई पनि सहयोग गर्ने प्रवृतिलाई मोर्चाले स्वीकार नगर्ने मोर्चाले बताएको छ । 

 

तपाईंको बिचार