Thursday, March 30, 2017  |    

बाबुराम भट्टराईद्वारा पार्टी परित्याग गरेको घोषणा

प्रकाशित मिति: 2015/09/26

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाओवादीका वरिष्ट नेता बाबुराम भट्टराईले पार्टी परित्याग गरेको औपचारिक घोषणा गर्नुभएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै भट्टराईले पार्टीको साधारण सदस्य र संसद सदस्यसमेत नरहनेगरी  पार्टीबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । 
भट्टराईले रुष्ठ भावमा अब फेरि एमाओवादीमा फर्कने सम्भावना सकिएको भन्दै बरू जंगल पस्ने तर सोही पार्टीमा नफर्कने बताउनु भएको थियो ।  अध्यक्ष प्रचण्डतर्फ लक्षित गर्दै भट्टराईले टुकी बाल्ने र साइकल चढ्ने राष्ट्रवाद राम्रो कि विजुली गाडी चढ्ने ? भन्दै प्रश्न गर्नुभएको थियो । अन्य नेताहरूको राष्ट्रवादको पक्षमा आफूले होस्टेमा हैसे गर्न तयार रहेको उहाँको भनाई थियो । 
पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले भारतको हस्तक्षेप आफूहरूलाई मान्य नहुने भन्दै सो कार्य निन्दनीय भएको बताउनुभएको थियो । नेताहरूले चुनाव जित्न विदेशी दूतावास धाउने क्रम रोकिनु पर्ने उहाँको धारणा थियो । टीकापुर काण्ड र अन्य घटनामा आफ्नो हात नरहेको उहाँको स्पस्टोक्ति थियो । 
संविधानमा पहिलो गासमै ढुंगा लागेको जस्तो अनुभव भइरहेको भन्दै भट्टराईले विवादित जिल्लालाई संघीय आयोगको जिम्मामा छोड्नुपर्ने बताउनुभयो । 

 

तपाईंको बिचार