Sunday, November 17, 2019

मिडिया बिद्येयकबिरुद्ध उत्रिन गगन थापाको आह्वान

प्रकाशित मिति: 2019/06/16

१ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सूचना प्रविधि विधेयकविरुद्ध उत्रिन अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई संसदबाट आह्वान गरेका छन् । बहुमतको बलमा यो विधेयक पास हुने हो भने सरकारका अरिङ्गालबाहेक कोही सुरक्षित नहुने उनको दाबी छ ।

संसदको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले सूचना प्रविधि विधेयकको विरोध गरे ।  
अस्पष्ट कानुनी व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने भन्दै भरतमा सर्वोच्च अदालतले सूचना प्रविधि ऐनको दफा ६६, ए खारेज गरेको स्मरण गर्दै संसद थापाले भने, हाम्रोमा भारतको भन्दा कठोर कानुन बनाउन लागिएको छ ।’
जिस्क्याउने, झुक्याउने, होच्याउने परिभाषा गर्ने अन्तिम अधिकार सूचना प्रविधि अदालतलाई दिन लागिएको, जसमा रहने तीन सदस्य सरकारले नियुक्ति गर्ने प्रस्तावित विधेयकमा छ ।

तपाईंको बिचार