Thursday, July 18, 2019

यु १९ एसिया कप अन्र्तगत नेपाल र मलेसियाबिचको खेल हुँदै

प्रकाशित मिति: 2019/07/08

२३ असार, काठमाडौं । एसीसी यू१९ एसिया कपको पूर्वी क्षेत्र छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपाल र मलेसियाबीचको खेल सुरु भएको छ ।

किनरारा ओभलमा नेपालले टस जितेर बलिङ रोजेपछि मलेसियाले ब्याटिङ सुरु गरेको छ । मलेसियालाई सस्तैमा समेट्दै नेपाल जित हात पार्ने लक्ष्यमा छ ।तुलनात्मक रुपमा नेपाल आयोजक राष्ट्र मलेसियाभन्दा बलियो टिम हो । आजको खेलमा मलेसियालाई पाखा लगाउँदै नेपाल उपाधि यात्रालाई जारी राख्न चाहन्छ । यता, मलेसिया पनि नेपाललाई पराजित गर्ने लक्ष्यमा छ । नेपाल समूह ‘ए’ को विजेता राष्ट्र हो । नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले जित निकालेको थियो । 

तपाईंको बिचार