Thursday, July 18, 2019

मेलेसियालाई हराएर नेपाल फाइनलमा

प्रकाशित मिति: 2019/07/08

असार २३, काठमाडौँ । ७ विकेटले मेलेसियालाई हराएर नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । केहि बेर अघि सम्पन्न खेलमा ८८ रनको झिनो लक्ष्य पाएको नेपालले तिन विकेट गुमाएर मात्र १५.५ ओभरमा लक्ष्य पूरा गर्यो ।

क्वालालम्पुरको किनकारा मैदानमा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । नेपालको जितका लागि कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे । सार्कीले ३४ बलमा ३३ रन र पौडेलले २९ बलमा ३१ रन बनाई अविजित रहे । ओपनर पवन सर्राफले १६ बलमा १८ रन बनाए । ओपनर रित गौतम १४ बलको सामना गरी जम्मा ३ रन बनाएर आउट हुँदा, खडक बोहरा शून्य रनमै आउट भएका थिए ।

मलेसियाका लागि हैक्वल मोद खैरले नेपालको दुई र मोहमद अमिरले एक विकेट लिए । नेपालले अब फाइनलमा सिंगापुर र हङकङबीचको विजेतासँग खेल्नेछ ।

तपाईंको बिचार