Monday, August 26, 2019

एसिया कप फाईनलमा नेपालद्धारा मलेसिया ७ विकेटले पराजित

प्रकाशित मिति: 2019/07/24

८ साउन, काठमाडौं । टी २० एसिया कप फाईनलमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले मलेसियालाई ७ विकेटले हराएको हो ।  

यो जितसँगै नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायमै छ । यसका लागि कतारसँग अप्रत्यासित हार व्यहोरेको नेपालले बाँकी खेल भने जित्नुपर्छ ।

वर्षाका कारण ९ ओभरमा छोट्याईएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो । आठौं ओभरको अन्तिम बलमा छक्का हान्दै नेपाललाई जिताएका विनोद भण्डारी १३ रनमा अविजित रहे । नेपालको जितमा आक्रामक पारी खेलेका ज्ञानेन्द्र मल्लले कीर्तिमानी अर्धशतक बनाए । २१ बलको सामना गरेका उनले ५ चौका र ३ छक्काको मदतमा ५१ रन बनाए ।

यो नेपाली खेलाडीले सबैभन्दा कम बलमा बनाएको अर्धशतक हो ।

यसअघि टस हारेर ब्यटिङको निम्तो पाएको मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । उसका सफिक शरीफले १५ बलमा ३० रन बनाए भने भिरनदीप सिंहले २१ रन जोडे पनि अन्य ब्याट्सम्यान चलेनन् ।
 

तपाईंको बिचार