Thursday, October 24, 2019

क्यारेबियन प्रिमियर लिग खेल्न जान लागेका सन्दीपलाई अमेरिकाले भिसा दिएन

प्रकाशित मिति: 2019/08/13

२८ साउन, काठमाडौं । नेपालका चर्चित युवा क्रिकेटर तथा लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा रिजेक्ट गरेको छ । क्यारेबियन प्रिमियर लिग खेल्न अमेरिका जान भिसा आवेदन दिएका उनलाई अमेरिकाले भिसा दिन अस्विकार गरेको हो ।

सन्दीपले आफ्नो ट्वीटरमा लेखेका छन् – ‘२०१६ देखि आफ्नो राष्ट्रलाई प्रतिनिधित्व गर्दै विभिन्न देशमा खेल्न पुगेको मलाई अमेरिकाले आवश्यक कागजात नपुगेको भन्दै भिसा रिजेक्ट गर्दा आश्चर्यमा परेको छु । यसले मेरो खेल करियरलाई समेत अप्ठ्यारोमा पारेको छ ।

 

तपाईंको बिचार