Thursday, November 21, 2019

राष्ट्रिय क्रिकेट टोलीको कप्तानी छाडेको पारसको घोषणा

प्रकाशित मिति: 2019/10/15

२८ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारश खड्काले कप्तानी छाड्ने निर्णय गरेको घोषणा गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै खड्काले राष्ट्रिय टिमको कप्तानी छोडेको बताएका छन् । क्यानमाथिको निलम्बन फुकुवा भएकोमा खुशी व्यक्त गर्दै उनले नयाँ कमिटीलाई शुभकामना समेत दिएका छन् । नयाँ टिमलाई लक्षित गर्दै उनले भनेका छन्, ‘नेपाली क्रिकेट, क्रिकेटर तथा सरोकारवालाहरुको हितमा काम गर्नु हुनेछ भन्ने कामना छ ।’

करिब एक दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हाल्दै आएका खड्काले एकाएक कप्तानी छाड्ने निर्णय लिएका हुन् । लामो समय नेपालमाथि लागेको निलम्बन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सशर्त फुकुवा गरेको भोलिपल्टै उनले यो निर्णय लिएको घोषणा गरेका हुन् ।

तपाईंको बिचार