Tuesday, February 18, 2020

त्रिकोणात्मक सिरिज अन्र्तगत अन्तिम खेलमा अमेरिकाविरूद्ध नेपालको शानदार जित

प्रकाशित मिति: 2020/02/12

माघ २९, काठमाण्डौ । त्रिकोणात्मक सिरिज अन्र्तगत अन्तिम खेलमा नेपालले अमेरिकामाथि शानदार जित हात पारेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकामाथि ८ विकेटको जित हात पारेको हो । अमेरिकाले दिएको ३६ रनको न्यून लक्ष्य नेपालले ५.१ ओभरमा पूरा गर्यो । लेग स्पिनर सन्दीप लामिछाने र अर्का स्पिनर सुसान भारी चम्किएपछि अमेरिकाको ब्याटिङ ध्वस्त भएको थियो । सन्दीपले ६ र सुसानले ४ विकेट लिए । अमेरिकाले नेपालविरूद्ध बनाएको ३५ रन एकदिवसीय अन्तर्राष्ट्रियमा अर्को सबैभन्दा कम योगफल हो । सन् २००४ मा श्रीलंकाले जिम्बावेलाई पनि ३५ रनमै अलआउट गरेको थियो । जितसँगै नेपालले त्रिकोणात्मक सिरिजमा दुई जित हात पारेको छ ।  यसअघि पनि नेपालले अमेरिकालाई नै हराएको थियो । त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकी र ओमानी टोली नेपाल भ्रमणमा थिए ।ओमानले भने सिरिजको चारवटै खेल जितेको छ । जितसँगै ओमान समूहको शीर्ष स्थानमा पनि उक्लेको छ ।आइसिसीले विश्वकप छनोटको लागि नयाँ रोडम्याप तय गरेपछि गत अगस्टबाट यो सिरिज सुरु भएको हो। नेपालसहित यो समूहमा सात देश छन्। समूहको शीर्ष तीन टोली सन् २०२३ मा हुने एकदिवसीय विश्वकप छनोट चरणमा प्रवेश गर्नेछन ।

तपाईंको बिचार