Tuesday, August 22, 2017

१२औं ढोरपाटन ब्लु स्काई टिभिएस महिला भलिबल प्रतियोगिता सम्पन्न

प्रकाशित मिति: 2017/01/23

माघ १०, काठमाण्डौ । १२औ ढोरपाटन ब्लु स्काई कप टिभिएस महिला डबल लिग भलिबल प्रतियोगिता शनिबार राजधानीको गोंगबु स्थीत नयाँबसपार्कमा भव्यताका साथ सम्पन्न भएको छ ।

प्रतियोगितामा एपीएफ, आर्मी, नेपाल प्रहरी, रिड मोडेल कलेज, न्यु डाइमण्ड ए र बि, ढोरपाटन क्लब, चण्डेश्वरी क्लब र बिजेश्वरी निमाबि गरि १० टिमको सहभागिता थियो ।
प्रतियोगितामा रिड मोडेल कलेजले प्रथम स्थान हासिल गर्दै नगद ३ लाख २० हजार प्राप्त गरेको छ । यस्तै एपीएफ दोस्रो हुँदै १ लाख ६० हजार प्राप्त गरेको छ भने तेस्रो भएको न्यू डायमण्ड एकेडेमीले ७५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

उत्कृस्ट महिला भलिबल खेलाडीहरु ढोरपाटन क्लबकी तारा भण्डारी ’राइजिङ् प्लेयर’, नेपाल प्रहरीकी कामना बिष्ट ’प्लेयर अफ द सिरिज’, एपीएफ क्लबकी सरस्वती चौधरी ’बर्ष खेलाडी’, न्यु डाइमण्ड एकेडेमीकी प्रतिभा माली ’ग्रेट अचिभमेन्ट प्लेयर’ र रिड कलेजकी मिनी मल्लले ’बेस्ट प्लेयर’ अवार्ड पाएकी छन ।
यी पाँचै टिमका उत्कृस्ट खेलाडीहरुले टिभिएस ब्रान्डका स्कुटर प्राप्त गरेका छन ।
त्यस्तै न्यु डाइमण्ड एकेडेमीकी ललिता नाटले ’बेस्ट क्विकर’, रिड मोडेलकी निर्मलले ’बेस्ट स्पाइकर’, रिड मोडेलकै तेरिनले ’बेस्ट लिफ्टर’, एपीएफकी नेबिका चौधरीले ’बेस्ट सर्भर’, एपीएफकै उषा बिस्टले ’बेस्ट ब्लकर’ र  पश्चिमाञ्चलकी एमकलि कुँवरले ’बेस्ट डिफेन्स’ अवार्ड जितेकी छन ।
बेस्ट अवार्ड बिजेताहरुले जनही ५ हजार पुरस्कार प्राप्त गरे ।
आयोजक ढोरपाटन  क्लबका महासचिब देबेन्द्र कुमार घर्ति मगरले नेपालमा भलिबलको इतिहासमै सबैभन्दा ठुलो राशिको भलिबल प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
प्रतियोगिता सफल पार्न सहयोग गर्ने बिज्ञापन दाता, शुभेच्छुक तथा समस्त खेलप्रेमीहरुमा उहाँले धन्यबाद व्यक्त गर्नुभयो ।

तपाईंको बिचार