Friday, October 20, 2017

नेत्रहीन विश्वकप क्रिकेटमा नेपाल अष्ट्रेलियासँग १० विकेटले पराजित

प्रकाशित मिति: 2017/01/31

माघ १८ । भारतमा जारी नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा मंगलबार भएको खेलमा नेपाल अष्ट्रेलियासँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १ सय ४३ रन बनाएको थियो।

नेपालका सुनिल सुवेदी क्षेत्रीले ३४, कीर्तन श्रेष्ठ दुवालले २९, रमेशबहादुर बानियाँले १८ रनको योगदान दिए। नेपालले अतिरिक्तमा मात्रै ३८ रन पाएको थियो। अष्ट्रेलियाका मार्क हस्केट र रेमण्ड स्टेफिन सुतनले समान २ विकेट लिए। 

जवाफी ब्याटिङमा अष्ट्रेलियाले  १२ दशमलव ४ ओभरमा कुनै विकेट नगुमार्इ लक्ष्य भेटायो। अष्ट्रेलियाका लागि स्टेफन लियो पालमरले ३९ बलमा ४८ तथा म्याथ्यु जेम्स क्यामरुनले ४३ बलमा ६८ रन बनाउदै फराकिलो जीत दिलाएका थिए।

तपाईंको बिचार