Wednesday, August 23, 2017

फिफा वरीयतामा नेपालको महिला फुटबल टीम १० स्थान फड्को मार्दै ९५ औं स्थानमा

प्रकाशित मिति: 2017/03/26

चैत १३, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा वरीयतामा १० स्थान फड्को मारेको छ। 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरीयता अनुसार नेपाल १० स्थान फड्को मार्दै ९५ औं स्थानमा उक्लेको छ। अघिल्लो महिना ११२६ अंक रहेको नेपालले ११३४ अंक जोड्दै वरीयतामा सुधार गरेको हो।

दक्षिण एसियाली क्षेत्रमा नेपाली महिला टोली भारतपछि दोस्रो स्थानमा छ। भारत दुई स्थान तल झर्दै ५६ औं स्थानमा पुगेको छ। विश्व वरीयतामा अमेरिकालाई पछि पार्दै  जर्मनी शीर्ष स्थानमा उक्लेको छ। अमेरिका दोस्रोमा झरेको छ। 
 

तपाईंको बिचार