Wednesday, August 23, 2017

नेपाल र यमन बिच हल्चोकमा खेल शुरु (लाइभ)

प्रकाशित मिति: 2017/06/13

जेठ ३०, काठमाडौं ।  एएएफसी एसियन कप २०१९ को छनौट चरणअन्तर्गत अहिले नेपाल यमनसँग खेलिरहेको छ । सशस्त्र प्रहरी बलको खेल मैदान हल्चोकमा नेपाललाई इतिहास बनाउने मौका छ ।

एसियन कप छनौटमा समूह ‘एफ’ मा रहेको नेपालको यो दोस्रो खेल हो । यसअघि गएको मार्च २८ मा भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । यमनसँगको खेलमा नेपालले कडा टक्कर दिने अपेक्षा छ । तर त्यसका लागि पछिल्ला खेलमा देखिएको कमजोरी नेपाली टोलीले सुधार गर्नु पर्छ । समूह ‘एफ’ मा नेपाल र यमनसँगै फिलिपिन्स र ताजकिस्तान छन् । पहिलो खेलमाा ताजकिस्तानलाई २–१ ले हराएको यमन र नेपाललाई हराएको फिलिपिन्स तीन अंकसहित समूहको दोस्रो र पहिलो स्थानमा छन् । गोल अन्तरका आधारमा नेपाल पुछारमा छ । 

लाईभ हेर्न यहाँ थिच्नुहोस 

तपाईंको बिचार