Friday, July 21, 2017  |    

पाकिस्तान र भारतबीच आज क्रिकेटको फाइनल खेल हुने

प्रकाशित मिति: 2017/06/18

असार ४ । आईसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि साविक विजेता पाकिस्तान र भारतबीच लण्डनको ओभल क्रिकेट मैदानमा आइतबार असार ४ गते फाइनल खेल हुँदैछ । विराट कोहलीको कप्तानीमा रहेको भारतीय टिमले सेमिफाइनलमा बंगलादेशलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

पाकिस्तानले आयोजक इंग्ल्याण्डलाई हराई फाइनलमा प्रवेश गरेको थियो । इङल्याण्ड विरुद्ध चोटका कारण सेमिफाइनल खेल खेल्न नसकेका पाकिस्तानका तीव्रगतिका बलर मोहम्मद आमिर आइतबार भारतविरुद्ध खेल्ने प्रवल सम्भावना रहेको छ ।

भारत र पाकिस्तानबीचको प्रतिस्पर्धालाई क्रिकेटमा निकै चासोका लिने गरिन्छ । यसअघि दुई पटक च्याम्पियन्स ट्रफीको उपाधि जितिसकेको भारतले जारी प्रतियोगिताको लिग चरणमा पाकिस्तानलाई १ सय २४ रनले हराएको थियो । फाईनल खेल आज नेपाली समयअनुसार दिउँसो सवा तीन बजेपछि सुरु हुँदैछ ।

तपाईंको बिचार