Wednesday, August 23, 2017

भारतले क्रिकेट हारेपछि फ्यानको आक्रोश, नेपालमा खुशीयाली

प्रकाशित मिति: 2017/06/19

असार, ५ काठमाडौं । आइसीसी च्याम्पियन ट्रफीमा आफ्नो मुलुकले चीर प्रतिद्वन्द्वी पाकिस्तानसँग १८० रनको फराकिलो अन्तरसहित नराम्रो हार ब्यहोरेपछि भारतीय जनताले क्रिकेट टीमप्रति आक्रोश पोखेका छन् भने यता नेपालीहरुले सामाजिक संजालमा खुशी व्यक्त गरेको छन् ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाका अनुसार कानपुरका जनताले सडकमै उत्रिएर भारतीय क्रिकेट टीमको बिरोधमा नाराबाजी गरेका हुन् । उनीहरुले क्रिकेट टीमको पोष्टर जलाउँदै तोडफोड र नाराबाजी गरेका छन् । उनीहरुको आक्रोश क्रिकेटर बिराट कोहलीप्रति ज्यादा थियो । त्यतिमात्र हैन, दक्षिणी कानपुरमा केही मानिसहरुले भारतले हारेको रिसमा आफ्नो टेलिभिजन सेट नै फुटाएको टाइम्स अफ इण्डियाले जनाएको छ । ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पाकिस्तानसँग बिरलै यति ठूलो हार ब्यहोरेको हुँदा पनि भारतीय क्रिकेट फ्यानहरु फाइनल प्रतियोगिताको ब्यग्र प्रतिक्षामा थिए । 

 भारतप्रति नेपालीहरुको घृणा यसपटक भारत र पाकिस्तानबीचको क्रिकेट प्रतियोगितामा गतिलो ढंगले प्रदर्शन भयो । धर्म, संस्कृति, परम्परागत सम्बन्ध सबै कुराले नेपाल र भारतको सम्बन्ध धेरै निकट हुनु पर्ने तर भारतीय शासक, कर्मचारीतन्त्र, नेपालमा खटाईएका कर्मचारी, नेपालको सिमा मिच्ने ब्यवहार र समग्र रुपमा नेपालप्रतिको हेपाहा प्रबृत्तिले अधिकांश नेपालीहरुमा भारतप्रति घृणा देखिन्छ । अझ दुई बर्ष अगाडिको नाकाबन्दीको पीडालाई त नेपालीहरुले कहिल्यै बिर्सने छैनन् । अधिकांश नेपालीहरुले सामाजिक संजालमा पाकिस्तानको पक्ष लिँदै भारत हारोस भन्ने कामना गरे । आईतबार खेल हेरेर सामाजिक संजालमा आफ्ना प्रतिक्रिया राख्नेहरु मध्ये धेरै नेपाली खुलेरै पाकिस्तानको पक्षमा उभिएका थिए ।जब भारतले १८० रनले हार्यो, नेपालीहरुले आफ्नै देशले जितेको जस्तो गरी हुर्रे।। भन्दै खुशियाली मनाए ।

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेर प्रधानमन्त्रीको निर्वाचनदेखि संबिधान जारी गर्नेसम्म र मन्त्री नियुक्तिदेखि कर्मचारी भर्नासम्मका गतिबिधिहरुमा चासो राख्ने र भारतीय राजदुत नेपालका राजनीतिक नेता जस्तै बनेर दिनदिनै राजनीतिक भेटघाट गर्दै हिड्ने गरेको कुरा नेपाली जनताले पटक्कै मन पराएका छैनन् ।

तपाईंको बिचार