Saturday, December 16, 2017

एएफसी यू–च्याम्पियनसिप छनोट खेलमा नेपालले यही शनिबार युएईसँग खेल्ने

प्रकाशित मिति: 2017/07/13

असार २९, काठमाडौं । सन् २०१८ मा छिमेकी चीनमा एएफसी यूच्याम्पियनसिप आयोजना हुँदैछ। त्यसैको लागि अर्को हप्ताबाट छनोट चरणका खेलहरु सुरु हुँदैछन्। यसमा नेपालसहित कूल ४० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। छनोट चरणबाट छानिएका १६ टोलीले अन्तिम चरणमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

एसियाका ४० राष्ट्रलाई १० समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको विजेता सिधै अन्तिम चरणमा छनोट हुनेछ। यस्तै आयोजकको रुपमा चीन स्वतः अन्तिम चरणका लागि छानिनेछ भने दशमध्ये दोस्रो स्थानमा रहने उत्कृष्ट ५ टोली पनि छनोट हुनेछ। यदि चीन आफ्नो समूहको विजेता अथवा उत्कृष्ट ५ उपविजेता बनेको खण्डमा भने दोस्रो स्थानको छैटौँ उत्कृष्ट टोलीले अन्तिम चरण खेल्ने अवसर पाउनेछ।

नेपाल छनोटको समूह डी मा परेको छ। जहाँ आयोजकको रुपमा रहेको युएई, एसियाको उदाउँदो फुटबल शक्तिको रुपमा रहेको उज्वेकिस्तान र लेवनान रहेका छन्। नेपालले यही शनिबार आयोजक युएईसँग पहिलो खेल खेल्नेछ। त्यसपछि उज्वेकिस्तान र लेवनानसँग। युएईको गर्मी र ५ दिनमा ३ खेल खेल्नुपर्ने चुनौती नेपाल सामु छ।

यसअघिका दुवै संस्करणमा नेपाल छनोट चरणबाटै बाहिरिएको थियो। अर्को तथ्य के छ भने नेपालले अहिलेसम्म एक खेल मात्र जित्न सकेको छ। यस्तै पछिल्लो पटक २०१५ मा इरानमा भएको छनोट चरणमा नेपालले समूह चरणका कुनै खेल जित्न सकेन नै गोल पनि गर्न सकेन। ४ खेल खेल्दा नेपालले १७ गोल बेहोरेको थियो।

यसरी हेर्दा नेपालले पछिल्लो आधा दशक सँगै खेलेका खेलाडीहरुको बाहुल्यता छ। कप्तान विमलसँगै उपकप्तान अनन्त तामाङ, अन्जल विष्ट, हेमन्त थापा मगर, गौरव बुढाथोकी दिनेश राजवंशी सुनिल बाल, अमित तामाङ संजोग राई एकै ब्याचका खेलाडी हुन्। उनीहरुले यू–१६ मा सँगै खेलेका थिए। यू–१९ साफ जित्दा कमल श्रेष्ठ, विश्वास श्रेष्ठ,तेज तामाङ, दोना थापा थपिए।

यस्तै राष्ट्रिय टिमबाट खेलेका हेमन गुरुङ त्यसभन्दा अघिल्लो ब्याजका खेलाडी हुन्। त्यसबाहेक गोलरक्षक एलान न्यौपाने, मिडफिल्डर सुमल लामा लगायतका खेलाडी जसले पछिल्लो पटक सिनियर राष्ट्रिय टिममा स्थान बनाएका थिए।

नेपाली यू–२३ टोली

गोलकिपरः एलान न्यौपाने, किशोर गिरी, अशोक बराल
डिफेण्डर: अनन्त तामाङ, दिनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, निरज बस्नेत, छिरिङ तामाङ, लक्ष्मण जिसी

मिडफिल्डर : हेमन गुरुङ, हेमन्त थापा मगर, सुमन लामा, सुनिल बाल, पुजन उपरकोटी, तेज तामाङ, डोन थापा, विवेक बस्नेत

फरवार्ड : विमल घर्ती मगर, अन्जन विष्ट, संजोग राई, विश्वास श्रेष्ठ

तपाईंको बिचार