Monday, May 27, 2019

सिप्यान क्रिकेट अवार्डमा रोहित उदीयमान, सीता र सन्दीप बर्षको उत्कृष्ट खेलाडी घोषित

प्रकाशित मिति: 2019/03/05

फागुन, २१ काठमाडौं । नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान) क्रिकेट अवार्डमा रोहितकुमार पौडेलले उदीयमान खेलाडीको अवार्ड जित्दा वर्ष उत्कृष्ट महिला पुरुषको अवार्ड सीता राना मगर र सन्दीप लामिछानेले हात पारेका छन् ।

क्रिकेट खेलाडी संघले प्रदान गर्दै आएको एनसीसीएस÷सीप्यान अवार्डमा रोहितकुमार पौडेल इमर्जिङ प्लेयर अफ दि इयर घोषित भएका हुन । पौडेलले प्रतिद्वन्दी अविनाश बोहरा, सन्दीप जोरा, कविता कुँवर र ललितनारायण राजवंशीलाई पछाडि पार्दै उदियमान खेलाडीको अवार्ड हात पारेका हुन् । पौडेलले यो आकर्षक अवार्ड सहित ६६ हजार नगद पुरस्कार पनि हात पारे ।

उदियमान खेलाडीको अवार्ड हात पारेका रोहितले माघ दोस्रो साता युएईसंग भएको पहिलो टि २० अन्तर्राष्ट्रिय सिरिज खेल्ने क्रममा भारतका चर्चित क्रिकेट खेलाडी सचिन तेन्दुलकर र पाकिस्तानका शाहीद अफ्रिदीको कीर्तिमान ओझेलमा पार्दै अन्तर्राष्ट्रिय टि २० क्रिकेटमा अर्धशतक बनाउने बिश्वकै कान्छो क्रिकेटरको कीर्तिमान बनाएका थिए । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले ‘एनसीसीएस ÷ सिप्यान क्रिकेट अवार्ड’ प्रत्येक बर्ष प्रदान गर्दै आएको छ ।

सिप्यानले क्रिकेट खेलमा बर्षभरि प्रदर्शन गरेको आधारमा पाँच विधामा क्रिकेट खेलाडीहरुलाई अवार्ड प्रदान गर्दै आएको छ ।

वर्षको उत्कृष्ट महिला क्रिकेट खेलाडीको उपाधि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी महत्वपूर्ण सदस्य सीता राना मगरले हात पार्दा बर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड सन्दीप लामिछानेले हात परेका छन । बिभिन्न पाँच मुलुकको व्यवसायिक खेल खेलेका सन्दीप हालस पाकिस्तानी क्रिकेट लिगमा व्यस्त छन् ।

त्यसैगरी नेपाली क्रिकेट खेलमा उत्कृष्ट योगदान गरेको भन्दै कोमल पाण्डेलाई लाइफटाइम अचिभमेन्टको अवार्ड प्रदान गरिएको छ ।

पाण्डे आफ्नो समयका उत्कृष्ट क्रिकेट खेलाडीका साथै राम्रा फुटबल खेलाडीमा पनि नाम कमाएका चर्चित खेल व्यक्तित्व हुन् ।

वर्ष उत्कृष्ट क्षणको अवार्ड नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्ड खेलाडी करण केसीले हात पारेका छन् । सोसल मिडियामा सर्वाधिक मत प्राप्त गर्दै केसीले बर्षको उत्कृष्ट क्षण अवार्ड जितेका हुन ।

वर्ष उत्कृष्ट क्षण अवार्ड सार्वजनिक मत सर्वेक्षणको आधारमा प्रदान गर्ने गरिन्छ । लाइफटाइम अचिभमेन्ट अवार्ड भने क्रिकेटमा योगदान पु¥याएका पुराना खेलाडीलाई प्रदान गरिने सिप्यानले जनाएको छ ।

 

 

तपाईंको बिचार