Sunday, March 24, 2019

पाँचौँ साफ महिला च्याम्पियनसिप आजबाट सुरु हुँदै, उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने

प्रकाशित मिति: 2019/03/12

२८ फागुन, काठमाडौं । पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट विराटनगरमा सुरु हुँदै छ । दक्षिण एसियाली राष्ट्रका महिला फुटबल टोलीबीचको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा रहेको पाँचौ साफ महिला च्याम्पियनसिप सुरु हुन लागेको हो । यो खेल नेपालमा पहिलोपटक काठमाडौं भन्दा बाहिर विराटनगरमा हुँदै छ ।

सार्कका आठ मुलुकमध्ये यो प्रतियोगितामा भने नेपालसहित ६ देशले मात्र सहभागिता जनाएका छन् । यस अघि ७ देशले सहभागिता जनाउने भनिएनि अन्तिम समयमा आएर पाकिूतानले सहभभगिता नजनाउने भएको थियो । पाँचौँ महिला साफ च्याम्पियनसिप फुटबल पतियोगितामा नेपालसहित माल्दिभ्स, भुटान, भारत, श्रीलंका र बंगलादेशले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा जित हात पार्ने उच्च मनोबलका साथ विराटनगर पुगेको नेपाली राष्ट्रिय महिला टोलीले उद्घाटन तथा पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ । उद्घाटन खेल विराटनगस्थित सहिद रंगशालामा दिउँसो ३ बजे सुरू हुनेछ ।

नेपालसहित बङ्गलादेश र भुटान समूह ‘ए’ रहेका टिम हुन भने भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा रहेका टिम हुन् । नेपालले पहिलो खेलमा भुटानसँग मंगलबार र दोस्रो खेल नेपालले २ चैतमा बंगलादेशसँग खेल्नेछ । साफ महिला च्याम्पियनसिपको पाँचौं संस्करणसम्म आइपुग्दा नेपाल र भुटान दुई पटक आमने–सामने भएका छन् । नेपालले दुवै खेलमा भुटानलाई ८–० ले पराजित गरेको छ ।

अन्तर्राष्ट्रियस्तरको पछिल्लो पाँच खेलमा दुईमा जीत, दुईमा हार र एक बराबरी खेलेको नेपाली टोलीकोे प्रदर्शन सन्तुलित छ । साफ महिला च्याम्पियनसिपको सबै संस्करणमा भाग लिएको भुटानले कुनै संस्करणमा पनि समूह चरण पार गर्न सकेको छैन् । भुटानले अहिलेसम्म एउटै पनि खेलमा जीत निकाल्न सकेको छैन् । चार संस्करणमा १२ खेल खेल्दा भुटानले ३ गोल गर्दा ७२ गोल खाएको छ । यो पटक पनि भुटानको टिम त्यती बलियो मानिएको छैन ।

अघिल्ला चार संस्करणमध्ये ३ संस्करणमा नेपाल फाइनलमा भारतमा पराजित भएको थियो । अघिल्लो संस्करणमा भने नेपाल भारतसँगै सेमिफाइनलमा स्तब्ध भएको थियो ।

तपाईंको बिचार