Tuesday, November 19, 2019

साफ फुटबलका विजयीलाई पुरस्कार दिने प्रदेश सरकारको घोषणा

प्रकाशित मिति: 2019/03/22

८ चैत्र, काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपाल समूहले बिजयी प्राप्त गरेमा प्रदेश १ सरकारले जनही दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ को शुक्रबार भएको निर्णयअनुसार सो पुरस्कार दिने घोषणा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल समूह दोस्रो विजेता भएमा खेलाडीको हौसला बढाउन जनही एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको छ ।

फागुन २८ गते सुरु भएको सो प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच आज अन्तिम खेल हुने भएको छ । यसैगरी, नेपाल समूह विजेत भएमा विराटनगर महानगरपालिकाले पनि थप पुरस्कार दिने प्रमुख भीम पराजुलीले यसअघि नै घोषणा गरिसक्नुभएको छ । प्रतियोगिता विराटनगरको शहीद रंगशालामा भइहेको छ । रासस

तपाईंको बिचार