Thursday, July 18, 2019

स्पेनिस ला लिगाको उपाधि बार्सिलोनालाई, मेस्सीको उत्कृष्ट प्रदर्शन

प्रकाशित मिति: 2019/04/28

१५ वैशाख, काठमाडौं । बार्सिलोनाले लेभान्टेलाई पराजित गरेसँगै स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा लेभान्टेलाई १(० गोलको संघर्षपूर्ण जित निकालेसँगै बार्सिलोनाले २६ औं पटक स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको हो । बार्सिलोनाले तीन खेल अगावै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी नायक बने । उनकै गोलमा बार्सिलोनाले जित हात मात्रै पारेन लिगको उपाधि नै जित्न सफल भयो ।
पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा भने गोल गर्न सफल भयो । बार्सिलोनाका लागि खेलको ६२औं मिनेटमा कप्तान मेस्सीले गोल गरे । बाँकी खेलमा दुबै टिमबाट गोल हुन नसकेपछि बार्सिलोनाले १÷० गोलले खेल जितेको हो ।

जितसँगै बार्सिलोनाको ३५ खेलबाट ८३ अंक बन्यो । जुन अंक दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको भन्दा ९ अंकले बढि हो । एट्लेटिको मड्रिडको समान खेलबाट ७४ अंक छ ।

तपाईंको बिचार