Tuesday, June 25, 2019

विश्वकप क्रिकेट अन्र्तगत आज पाकिस्तान र श्रीलंका भिड्दै, पाकिस्तानको संभावना बढ्दो

प्रकाशित मिति: 2019/06/07

२४ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज पाकिस्तानले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

ब्रिष्टल स्थित काउन्टी ग्राउन्डमा नेपाली समयअनुसार पाकिस्तान र श्रीलंकाबीचको खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । पाकिस्तान र श्रीलंका दुवै टिम जितको खोजीमा हुनेछन् ।

दुवै टिमले पहिलो खेलमा भने हार ब्यहोरेका थिए । श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित हुँदा यता पाकिस्तान भने वेष्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा भने दवै टिमले जित हात पारेका थिए ।
पाकिस्तानले बलियो टिम मानिएको इंग्ल्यान्डलाई १४ रनले पराजित गर्दा श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले पराजित गरेको थियो ।

तुलनात्मक रुपमा श्रीलंकाभन्दा पाकिस्तान बलियो टिम हो । पाकिस्तानको बलिङ ब्याटिङ निकै राम्रो छ । यता, श्रीलंकाको भने ब्याटिङ एकदमै खस्किएको छ ।

पछिल्लो पाँच खेललाई हेर्ने हो भने पनि पाकिस्तान श्रीलंकामाथि हावी भएको देखिन्छ । सन् २०१७ मा भएको पछिल्लो एकदिवसीय क्रिकेट सिरिजमा पाकिस्तानले श्रीलंकालाई पाँचै खेलमा पराजित गरेको थियो ।

आज हुने खेलमा पाकिस्तानको ब्याटिङ रोक्ने नै श्रीलंकाको मुख्य लक्ष्य हुनेछ । किनभने पाकिस्तानको ब्याटिङ चलेमा जुनसुकै टिमले पनि हराउन मुस्किल पर्छ । पछिल्लो समयमा इंग्ल्यान्ड हार्नुको मुख्य कारण पनि यही थियो । ब्याटिङ लाइनमा पाकिस्तानको निकै राम्रो छ ।

तपाईंको बिचार