Tuesday, October 17, 2017

नीजि इमेल प्रयोग गर्न सरकारी कर्मचारीले नपाउने

प्रकाशित मिति: 2016/11/16


मंसिर १, काठमाडौं । सरकारी कर्मचारीले अब कार्यालय प्रयोजनको लागि नीजि इमेल प्रयोग गर्न नपाउने भएको छ । सरकारले निजामती कर्मचारीले कार्यालय प्रयोजनको लागि मात्रै भनेर छुट्टै इमेल प्रयोगमा ल्याउने तयारी गरेको हुँदा निजी इमेल प्रयोग गर्न नपाउने भएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल सरकारको आधिकारिक वेबसाइट अर्न्तगत इमेल सेवा सञ्चालन गर्ने तयारी थालेको छ ।

उक्त बेवसाइट   लभउब।िनयख।लउ  प्रयोगमा ल्याउन आवश्यक गृहकार्य भइरहेको छ । मंसिर अन्त्यसम्ममा सवै कर्मचारीका लागि प्रयोगमा ल्याउने भएको हो ।

यसलाई सबै मन्त्रालय हुँदै सरकारी कार्यालयहरुमा प्रयोगमा ल्याउने तयारीका साथ काम भइरहेको हो ।

तपाईंको बिचार