Sunday, June 25, 2017  |    

फेसबुकले मेसेन्जरमा थप सुविधाको लागि गर्‍यो परिवर्तन

प्रकाशित मिति: 2017/01/22

माघ ९, काठमाडौं । फेसबुकले मेसेजहरु आदानप्रदान गर्नका लागि आफ्नो साइटमा रहेको मेसेन्जर परिवर्तन गरेको छ। यसअघि मोबाइल एपमा मेसेज हेर्नका लागि मेसेन्जर नामको छुट्टै एप अनिवार्य इन्स्टल गर्नुपर्ने बनाएको थियो।

 तपाईँहरुले याद गर्नुभएको होला, डेस्कटपमा फेसबुक चलाउँदा मेसेन्जरको लोगो पनि परिवर्तन भएको छ। दायाँ छेउको मेसेन्जर लोगोमा क्लिक गर्दा खासै कुनै परिवर्तन नदेखिए पनि बायाँ छेउमा न्युजफिडमुनि रहेको मेसेन्जर लोगोमा क्लिक गर्दा भने फरक देख्न सकिन्छ।

यसको दायाँ छेउमा रहेका अप्सन्सबाट सर्च गर्न सकिने, निकनेम एडिट गर्न सकिने, रङ र इमोजी परिवर्तन गर्न सकिने र नोटिफिकेसन पनि म्युट गर्न सकिन्छ।

तपाईंको बिचार