Thursday, November 23, 2017

तपाई विदेश जाँदै हुनुहुन्छ, हेर्नुहोस् कुन–कुन देशमा फेसबुक चलाउन पाइदैन

प्रकाशित मिति: 2017/01/25

अहिले सामाजिक सञ्जाल फेसबुक विश्वभरी नै चर्चित छ। फेसबुकको माग दिनप्रतिदिन बढ्दो छ। तर चर्चित फेसबुक पनि केही देशहरुमा चलाउन भने प्रतिबन्ध लगाइएको छ। कुन कुन देशमा फेसबुकलाई प्रतिबन्ध गरिएको छ त ?

पाकिस्तान : सन् २०१०देखि सामाजिक सञ्‍जाल फेसबुकु पेजमा पैगम्बर मुहम्मदलाई दुर्दशामा अवस्थामा रहेको भनेर कार्टून पोस्ट भेटियो। यसपछि उक्त तस्बिर भाइरल हुँदै धेरै विवाद निम्त्यायो र पाकिस्तान सरकारले दुई हप्ता फेसबुकलाई बन्द गर्नु पर्यो भने पछि देशमै नै प्रतिबन्ध लगाउनु पर्‍यो।

उत्तर कोरिया : उत्तर कोरियामा पनि फेसबुक चलाउन पूर्ण रुपले प्रतिबन्ध लगाइएको छ। उत्तर कोरियामा फेसबुक चलाइए त्यहाँको गोप्य कुरा बाहिर आउने डरले प्रतिबन्ध लगाइएको हो।

इरान : इरानमा सन् २००९ मै चुनावपछि फेसबुक चलाउन त्यहाँका नागरिकहरुलाई रोक लगाइयो। तर ४ वर्षपछि कसैलाई नसोधी फेसबुकमाथि इरानमा प्रतिबन्ध लगाइयो।

तजाकिस्तान : इरानको राष्ट्रपतिमाथि भ्रष्टाचार गरेको दुष्प्रचार हुने डरले ताजकिस्तानमा नोभेम्बर सन् २०१२ मा फेसबुकमा रोक लगाइयो।

चीन : चीन सरकारले पनि आफ्नो नागरिकले विरोधका स्वरहरु फेसबुकमा आउन सक्‍ने भन्दै देशभरि नै फेसबुक चलाउन रोक लगाइदियो। तर चीनमा पर्यटकको लागि भने फेसबुक चलाउन छुट दिइएको छ।

भियतनाम : यहाँ सन् २०१६ देखि विरोध सुरु भएपछि फेसबुकलाई दुई हप्ताको लागि प्रतिबन्ध लगाइएको थियो तर यसपछि पूर्ण रुपले फेसबुकमाथि सरकारले रोक लगाइदिएको छ।

मारीश : यो देशमा सन् २००७ नोभेम्बरमा प्रधानमन्त्रीको नाममा एउटा झुटो प्रोफाइल बनेको थाहा पाएपछि सरकारले सामाजिक सञ्‍जाललाई प्रतिबन्ध लगाउनु पर्यो।

क्यूबा : यहा पनि फेसबुक चलाउन पाइनदैन। यदि चलाउनै परेमा फेसबुक क्याफेमै जानु पर्छ।

बांग्लादेश : बंगलादेशमा फेसबुकमा एउटा विवादित कार्टून पोस्ट गरिएपछि यहाँ पनि फेसबुकमाथि प्रतिबन्ध लगाइयो। तर यो पोस्ट हटाएपि फेरि फेसबुक चलाउन सुरु गरिएको छ।

इजिप्ट : सन् २०११पछि इजिप्टको राष्ट्रपतिलाई बधाई दिनुको साटो विवादित अभियान चलाएपछि फेसबुकमाथि रोक लगाइयो । –एजेन्सी 

तपाईंको बिचार