Sunday, June 25, 2017  |    

लोकसेवाको सुब्बामा फारम भर्ने म्याद थपियो

प्रकाशित मिति: 2017/01/31

माघ १८, काठमाडौं । लोकसेवा आयोगको वेबसाइटमा समस्या आएपछि नायब सुब्बा पदका लागि अनलाइन आवेदन फारम भर्ने म्याद थप गरिएको छ ।

हाल लोकसेवा आयोगले आवेदन फारम अनलाइनबाटै लिने व्यवस्था मिलाएको छ । तर, तीन दिनदेखि वेबसाइटमा समस्या आएपछि आवेदकहरु मर्कामा परेका थिए । आवेदकहरुको समस्यालाई मध्यनजर गर्दै तीन दिन म्याद थप गरिएको हो ।

अन्तिम समयमा देशभरबाट अनलाइन आवेदन फारम भर्नेहरुको ‘फ्लो’ बढेकाले वेबसाइटमा समस्या आएको जनाएको छ । गत पुसको अन्तिम बुधबार लोकसेवा आयोगले नायब सुब्बा पदका लागि आवेदन फारम खोलेको थियो । फारम भर्ने अन्तिम म्याद आज मंगलबारसम्म थियो । तर, दोब्बर दस्तुर तिरेर फारम भर्ने म्याद भने माघ २५ गतेसम्म थियो ।

वेबसाइटमा आएको समस्याका कारण अब दोब्बर दस्तुर तिरेर फारम बुझाउने म्याद पनि २८ गतेसम्म लम्बिएको छ ।

तपाईंको बिचार