Friday, October 18, 2019

फिल्म सुटिङको लागि उत्कृष्ट गन्तव्य बन्दै पानीटार

प्रकाशित मिति: 2019/06/18

असार ३, इलाम । इलाम जिल्लाको पानीटार धार्मिक सांस्कृतिक पर्यटकीय स्थल भएको ठाँउ हो । ईलाम जिल्लाकै महत्वपुर्ण ठाँउ बनेको छ पानीटार । देउमाई नगरपालिका ३ मा रहेको चिया बगानले भरिएको यस ठाँउले पर्यटक तान्ने मात्र होइन फिल्म सुटिङ का लागि उत्तिकै गतिलो गन्तव्य बनेको छ ।

इलाम सदरमुकामबाट २५ किलोमिटर पश्चिममा अवस्थीत पानीटार चिया बगान साँढे चार सय रोपनीमा फैलिएको छ । यो ठाँउ फिल्म सुटिङका लागि उपयुक्त मानिदै आएको छ ।  पानीटार देउमाई चिया बगान ईलाम जिल्लाको मात्र होईन देश भरिकै उत्कृष्ठ चिया बगान मानिएको छ । हाम्रै पानीटार लगायत इलामका बिभिन्न स्थानमा समेत छयांकन भएको चलचित्र नाई नभन्नु ल ५ मा देखिएको अति नै सुन्दर, हरियाली अनि शान्त पानिटार फिल्म क्षेत्रका लागि पनि उत्कृष्ट ठाँउ बनेको छ ।

तपाईंको बिचार