Thursday, July 18, 2019

भक्तपुर दरबार स्क्वायरमा खुल्यो ‘द गोल्डेन आईज् रेष्टुरेन्ट एण्ड क्याफे’

प्रकाशित मिति: 2019/06/23

काठमाडौं, ८ असार । भक्तपुर दरबार स्क्वायर भित्र ‘द गोल्डेन आईज् रेष्टुरेन्ट एण्ड क्याफे’ संचालनमा आएको छ । भक्तपुर भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई गुणस्तरीय सेवा दिने उद्धेश्यले  सो रेष्टुरेन्ट संचालनमा ल्याइएको हो ।

१ सय २० जना क्षमता रहेको उक्त रेष्टुरेन्टमा टिपिकल नेपाली, चिनियाँ, कन्टिनेन्टल, इटालियन सहित स्थानीय खानाको पाइने  संचालक रघु  कुमार चौधरीले जानकारी दिए । पाँचतले मन्दिर रसँगै रहेको रेष्टुरेन्टबाट भक्तपुरका सम्पदा क्षेत्रको सहज अवलोकन गर्न सकिने छ । हरेक दिन बिहान ७ बजे देखि बेलुकी ९ बजे सम्म रेष्टुरेन्ट संचालन हुने छ । संस्कृतिको संरक्षण र पर्यटकको मनोरञ्जनका लागि हरेक साँझ लाखे नाच लगायतका अन्य सांस्कृति कार्यक्रम समेत आयोजना गरिने छ ।
नेपाल भ्रमण आउने पर्यटकलाई पाँच तारे होटल सहरको गुणस्तरीय र स्वाष्टि खानाको स्वाद दिलाउने उनले जानकारी दिए । ‘नेपाल भ्रमणमा आउने पर्यटकहरु गुणस्तरहिन खानाको अभावका समस्यामा पर्ने गरेका छन् । उनले ‘नेपाल भ्रमणको ठुलो सपना बोकेर आएका पर्यटक खानाको कारण अस्वस्थ्य भई भ्रमण छोट्याएका उदाहरण मैले धेरै देखेको छु, त्यसकारण हाम्रो उद्धेश्य नै स्वस्थ, स्वादिष्ट र गुणस्तरीय सेवा दिनु हो । ’ विगत ८ वर्ष देखि काठमाडौंको पर्यटकीय क्षेत्र बौद्धमा ‘द गोल्डेन आइज रेष्टुरेन्ट एण्ड क्याफे ’ संचालनमा रहेको छ ।

तपाईंको बिचार