Saturday, September 21, 2019

गन्तव्य समाचार प्रभाव : नसर्ने भो ३ महिना निर्वाचन, भदौ २० मा पक्का

प्रकाशित मिति: 2019/06/23

असार ८, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान)को निर्वाचन आगामी भदौ २० गते तदनुसार सेप्टेम्बर ६ तारिकका दिन हुने भएको छ ।

२ बर्षे कार्यकाल सकिनै लाग्दा समयसिमाभित्रै निर्वाचन गर्न पर्वतारोहीहरुको माग बमोजिम निर्वाचन घोषणा गरिएको एक कार्यसमिती सदस्यले बताए । यससँगै आगामी नेतृत्वको लागि दौडधुप सुरु भैसकेको छ ।
टान अध्यक्ष नवराज दाहालले नेपाल भ्रमण बर्ष २०२० नजिकिदै गर्दा समयसिमा भित्रै निर्वाचन गरेर नयाँ नेतृत्व हस्तान्तरण गर्नेगरी आफु अगाडि बढेको बताए । साथै टिम्सबापतको रकम पनि निर्वाचन मिति अगाबै टान कोषमा दाखिला गर्ने उनको भनाई छ ।
स्मरण रहोस, गन्तव्य नेपालले केही दिनअघि टान निर्वाचनको सन्दर्भमा पहिलोपटक समाचार प्रश्तुत गर्दै गर्दा टिम्सबापतको रकम बिबाद उत्कर्षमा रहँदैगर्दा तत्काल चुनाब नहुने र डिसेम्बरमा चुनाब सारिदिने अध्यक्ष दाहालले चेतावनी दिएका थिए ।
शान्तिपुर्ण आन्दोलनबाटै टिम्स रकम टान खातामा ल्याएरै छाड्ने र तोकिएको समयमै निर्वाचन गराउन आफु लागिपरेको दाहालको भनाई छ ।

तपाईंको बिचार