Wednesday, November 13, 2019

सिद्धिथुम्का :सुर्यदयको दुश्यका लागि उत्कृष्ट गन्तव्य

प्रकाशित मिति: 2019/06/23

इलाम । इलाम जिल्लाको पानीटार धार्मिक सांस्कृतिक पर्यटकीय स्थल हो । छुट्टै बिशेशता बोकेको इलाम जिल्लाकै महत्वपुर्ण पर्यटकीय गन्तव्य बनेको छ  सिद्धि थुम्का । देउमाई नगरपालिका ३ मा रहेको चिया बगानले भरिएको यस ठाँउ थुम्कै थुम्कामा फैलिएको देउमाई नगरपालिका ३ मा रहेको चिया बगानले भरिएकाले पनि पर्यटक तान्ने गतिलो गन्तव्य बनेको छ । यस ठाँउबाट सुर्यदयको दृश्य पनि हेर्न सकिन्छ ।

देउमाई नगरपालिका ईलामको सिद्धि थुम्काबाट तराईका जिल्ला झापा, मोरङ पनि देख्न सकिन्छ । यस ठाँउमा बिभिन्न जिल्लाहरुबाट मानिसहरु घुम्न आउँछन । बिभिन्न उत्सबहरु पनि यस ठाँउमा हुने गरेको पाईन्छ । केही दिन अघि सिद्धि थुम्का महोत्सव पनि सम्पन्न भएको थियो । साँच्चै नै प्राकृतिक सौन्दर्यले भरिपुर्ण छ, सिद्धिथुम्का ।

तपाईंको बिचार