Thursday, July 18, 2019

झण्डै ९ करोड खर्चेर एनएमएले बनायो सुबिधा सम्पन्न भवन

प्रकाशित मिति: 2019/06/23

असार ८, काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को आफ्नै भवन तयार भएको छ । विगत तीन वर्षदेखि मासिक एक लाख ३५ हजार भाडामा कार्यालय सञ्चालन गर्दै आएको संघले नयाँ केन्द्रीय सचिवालयको अत्याधुनिक भवन बनाएको हो।

आगामी साउनदेखि नयाँ भवनबाट कार्यसञ्चालन गरीने  प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारले जानकारी दिए ।   मूल्य अभिवृद्धि करसहित आठ करोड ८१ लाख १६ हजार रुपैयाँ लागतमा बनेको साढे पाँचतले भवनको भुइँतला र पहिलो तला व्यावसायिक प्रयोजनमा दिइने प्रमुख प्रशासकीय अधिकृत सिन्दुराकारको भनाइ छ ।

 

तपाईंको बिचार