Sunday, November 17, 2019

भ्रमण बर्ष सफल पार्नको लागि पर्यटनमैत्री बातावरण श्रृजना गर्नुपर्नेमा व्यावसायीहरुको जोड

प्रकाशित मिति: 2019/06/25

१० असार,काठमाडौं वन तथा वातावरणमन्त्री शक्ति वहादुर बस्नेतले नेपालको पर्यटन क्षेत्रको विकासमा सामुहिक प्रयास आवश्यक रहेको वताए । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को छैठौं अधिवेशन कार्यक्रममा बोल्दै सरकार, व्यवसायी र स्थानिय जनसमुदायको संयुक्त प्रयासले पर्यटनको विकास सम्भव हुने उनले वताए ।

“कहिलेकाँही व्यवसायी र स्थानिय समुदायको विचमा कसले अधिकार वढि पाउने भन्नेमा द्धन्द्ध ह्ने गरेको छ”–मन्त्री बस्नेतले भने–“सरकार सवैलाई समन्वय गरेर अगाडी बढ्छ ।” मन्त्री बस्नेतले पर्यटन क्षेत्रको वजेट घटेको नभई कतिपय कार्यक्रमहरु प्रदेश र स्थानिय निकायमा गएका कारण त्यस्तो देखिएको वताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिलेकै अवस्थामा २० लाख पर्यटक नेपाल भित्र्याउन सम्भव नरहेको वताए । अहिलेकै तयारीले २० लाख पर्यटक रेल र पानीजहाज जस्तै हो,त्यसैले सरकारले अझै पनि सहि योजना र तयारी अगाडी ल्याउनुपर्ने वताए ।
त्यस्तै नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज बैद्यले नेपालमा सही कुरा भन्दा नकारात्मक कुराहरुको वढि प्रचार हुने गरेको वताए । बैद्यले नेपाल भ्रमण वर्षको तयारीका लागी आँफुहरुले काम गरिरहेको वताए । भर्खरै मात्र वजेट निकासा भएको कारण काम गर्न समस्या भएको उनले वताए । नेपाल पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कठिन परिस्थितिमा पनि आँफुहरुले नेपाल पर्यटन वर्ष सफल पारेको वताए । उनले सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० सफल पार्नको लागि सुझबुझका साथ काम गर्नुपर्ने बताए ।
पर्यटन विभागका महानिर्देशक ढुन्डुराज घिमिरेले पर्यटन क्षेत्रको नितिगत स्धारमा आँफुले काम गरिरहेको वताए । नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य दिपक महतले नेपाल भ्रमण वर्षले नेपाल पर्यटन वोर्डलाई नचिनेको वताउँदै भ्रमण बर्ष सफल बनाउनको लागि सबै तह र तप्काबाट इमान्दारी पुर्वक लागिपरे सफल हुने बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य रामशरण थपलियाले भ्रमण बर्ष २०२० का संयोजक सुरज बैद्यको गैरजिम्मेवार अभिव्यक्तिले व्यावसायीहरुलाई निरास तुल्याएको बताए । उनले पर्यटनमैत्री बातावरण श्रृजना गरी भ्रमण बर्षलाई सार्थक तुल्याउने महाअभियानमा लाग्नुपर्ने ठाँउमा बैद्यले सार्बजनिक ठाँउमा निरासाजनक टिप्पणी गरेको प्रति सबै पर्यटनसँग सम्बन्धीत सरोकारवालाहरु गम्भिर हुनुपर्ने बताए । टानका अध्यक्ष नवराज दाहालले भ्रमण बर्षको लागि बातावरण बनीनसकेको टिप्पणी गर्दै पर्यटन क्षेत्रभित्र रहेका सिण्डीकेट प्रथालाई अन्त्य गरी पर्यटनमा सहज बातावरण श्रृजना गर्नुपर्ने बताए । भिटोभ नेपालका निवर्तमान अध्यक्ष कमल सापकोटाले पर्यटन क्षेत्रभित्र मौलाउँदै गईरहेको अस्वस्थ प्रतिष्पर्धा र बिकृतीलाई निराकरण गर्नुपर्ने बताउँदै उनले पर्यटन व्यावसायीहरुलाई उत्साहित बनाउने प्याकेजहरु ल्याएर भ्रमण बर्ष सफल बनाउनको लागि सबै लाग्नुपर्ने बताए ।  
त्यस्तै नाटोजका अध्यक्ष शिव अधिकारी (अबिरल) ले राष्ट्रिय पर्यटन पत्रकार संघ(नाटोज)ले पर्यटन क्षेत्रका विभिन्न समसामयिक विषयवस्तुहरुमा बहस र छलफल चलाउँदै आएको वताए । नेपाल भ्रमण वर्ष सफल पार्न देशभर पर्यटनमैत्री वातावरण निर्माण गर्नुपर्ने उनले वताए । 
कार्यक्रममा लाईफटाईम अचिभमेण्ट अवार्ड ठमेल पर्यटन विकास परिषदकी वरिष्ठ उपाध्यक्ष गिता गुरुङलाई प्रदान गरियो । त्यस्तै पर्यटन व्यवसायी तथा समाजसेवीहरु जगत बहादुर गुरुङ,रामकुमार अधिकारी,रामकृष्ण तिमिल्सिना, मिङमा शेर्पा,माधवप्रकाश सुवेदी र शन्तलाल तामाङलाई टुरिजम अवार्ड प्रदान गरियो ।

तपाईंको बिचार