Tuesday, September 17, 2019

टुरिजम लाईफ टाईम अचिभमेन्ट अवार्डबाट गिता गुरुङ सम्मानीत

प्रकाशित मिति: 2019/06/25

असार १०, काठमाण्डौ । ठमेल पर्यटन बिकास परिषद्की बरिष्ठ उपाध्यक्ष गीता गुरुङ टुरिजम लाईफटाईम अचिभमेन्ट अवार्डबाट सम्मानित भएकी छन ।

पक्नाजोल ठमेलस्थीत काठमाण्डौ गार्डेन होममा राष्ट्रिय पर्यटन पत्रकार संघ(नाटोज)को छैटौ साधारण सभाको अवशरमा बालबालिकाको शिक्षा तथा सशक्तिकरणका क्षेत्रमा योगदान पुर्याएबापत गुरुङलाई सम्मानित गरिएको हो । मनाङ वुमन इम्पावरमेन्ट गु्रपका माध्यमबाट मनाङका आर्थिक रुपमा कमजोर बालबालिकालाई काठमाण्डौमा पढाईरहेकी गुरुङले भुकम्पका समयमा ५० लाख बराबरको राहत प्रदान गरेकी थिईन ।
बोर्डिङ तथा स्कुलमा गरी दर्जनौ बालबालिकालाई शिक्षा जुटाईरहेकी गुरुङ ‘रेज द होप’ नामक संस्थाका माध्यमबाट सडक बालबालिकाका क्षेत्रमा काम गर्दै आईरहेकी छन । जसअन्र्तगत खाना, लत्ताकपडा र जिबन उपयोगी काउन्सेलिङ सेवा समेत प्रदान गर्दै आएकी छन । 

तपाईंको बिचार