Tuesday, September 17, 2019

धरेल भन्छन,‘टानको नेतृत्वमा उपयुक्त बिकल्प हुँ’

प्रकाशित मिति: 2019/06/25

असार १०, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान)ले निर्वाचन आगामी भदौ २० गते तदनुसार सेप्टेम्बर ६ तारिकका दिन निर्वाचन घोषणा गरेसँगै व्यावसायीहरुमा चुनाबी चहलपहल सुरु भएको छ ।

२ बर्षे कार्यकालको लागि हुन गइरहेको निर्वाचनको लागि आधा दर्जन पदयात्रा व्यावसायीहरुले नेतृत्वको लागि आकांक्षा राखेका छन । यसैबिच हाइलेण्डर ट्रेकिङका सञ्चालक हरि धरेलले आगामी टान निर्वाचनको लागि आफ्नो सशक्त उमेद्धवारी रहने बताएका छन ।
गन्तव्य नेपालसँग संक्षिप्त कुराकानी गर्दै धरेलले आफुले पदयात्रा पर्यटनको बिकासको लागि पटकपटक त्याग गरेको बताउँदै यसपटक सम्पूर्ण पदयात्रा सम्बद्ध व्यावसायी तथा आम शुभचिन्तकहरुले आफ्नो सर्बसहमतिय नेतृत्वको लागि सहयोग गर्नुपर्ने बताएका छन । सधै अनावश्यक राजनीतिक र गुटबन्दीले पदयात्रा पर्यटन व्यावसायीको उथ्थान नभएकोले अब सबै मिलेर टानलाई गतिशील र उर्जाशिल बनाउनको लागि सर्बपक्षिय सहमतिय व्यावसायिक टिमको खाँचो रहेको बताए । उनले पदयात्रा व्यावसायीले धेरै दुःख पाईसके, अनावश्यक झमेलामा व्यावसायीहरु दिनप्रतिदिन फस्दै गईरहेका छन । साथीहरु  यो या त्यो होईन, टानमा निष्ठावान क्षमतावान, कर्मजिबी नेतृत्व आजको आवश्यक्ता हो, फुटेर होईन जुटेर पदयात्रा पर्यटनको निकासमा लागौ, यसमा साथीहरुको समर्थन पाउनेमा ढुक्क छु ।’ धरेल टानका पूर्वमहासचिब हुन ।

तपाईंको बिचार