Thursday, July 18, 2019

कानुनबिपरीत राष्ट्रिय निकुञ्जमा चल्ने भो केबलकार

प्रकाशित मिति: 2019/06/28

१३ असार, काठमाडौं । सरकारले कानूनविपरीत राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा केवलकार, रोपवे लगायतका भौतिक संरचना निर्माणको अनुमति दिने तयारी गरेको छ । वन तथा वातावरण मन्त्रालयले संरक्षित क्षेत्रभित्र पर्यटकीय सेवा सञ्चालन तथा नियमन गर्ने सम्बन्धी कार्यावधि बनाएर यस्तो संरचना बनाउन दिन लागेको हो ।

कार्यविधिमार्फत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ विपरीतका गतिविधि गर्न लागेको सरोकारवालाहरूले बताएका छन् । यो ऐन संशोधनका लागि विधेयकको मस्यौदा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगिसकेको अवस्थामा वन मन्त्रालयले हतार–हतार कायविधि ल्याउन लागेको हो ।  कार्यविधि ऐनको दफा ३३ (क) ले दिएको अधिकार प्रयोग गरी ल्याएको भनिएको छ । तर, कार्यविधिमा भने ऐनले परिभाषित नै नगरेका विषयमा समेत अनुमति दिइने उल्लेख छ । जसअनुसार ‘पर्यटकीय सेवा’ अन्तर्गत होटल, लज, रिर्सोट, टेन्डेट क्याम्प, क्याम्प साइट, चिया पसल सञ्चालनमात्रै होइन, केवलकार र रोप वे सञ्चालन पनि पर्छ ।

तपाईंको बिचार